Section 12
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रुपमा काम गर्न देहायका सदस्यहरु भएको एक कार्यकारी परिषद् हुनेछः–
(क) उप–कुलपति अध्यक्ष
(ख) डीनहरु मध्येबाट दुई जना सदस्य
(ग) शिक्षकहरु मध्येबाट एक जना सदस्य
(घ) रजिष्ट्रार सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरुको मनोनयन उप–कुलपतिको सिफारिशमा सभाले गर्नेछ ।
(३) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म बैठक सम्बन्धी कार्यविधि कार्यकारी परिषद् आफैले निर्धारण गर्नेछ ।